ललितपुर, महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले गस्ती गर्दै जाने क्रममा अवैध रुपमा बेचबिखन गर्न लागिरहेको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।
प्रहरी निरीक्षक श्यामकुमार कटवालको नेतृत्वमा गस्ती गर्दै जाँदा विभिन्न स्थानका होटेलहरुबाट अन्दाजी ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको घरेलु मदिरा बाँडेगाउँ प्रहरीले आज बिहान नष्ट गरेको हो।
प्रहरी कार्यालय नजिकै रहेको फोहोर फ्याक्ने स्थानमा स्थानिय भद्रभलादमी, नागरिक समाज र पत्रकारको रोहवरमा बरामद मदिरा नष्ट पारिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरिक्षक श्यामकुमार कटवालले जानकारी दिए।
उनले मदिराले समाजमा विकृति फैलाएकोले मदिरा नियन्त्रण अभियान तीव्र पारिएको बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ