काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइने भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको थियो ।
उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो । इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ ।उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ