सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

क्रिकेटर लामिछानेबिरुद्धको मुद्धामा आज सुनवाई हुदैँ

प्रकाशित समय: सोमवार, ०९ : ४७ बजे असार ११ गते



क्रिकेटर लामिछानेबिरुद्धको मुद्धामा आज सुनवाई हुदैँ

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौंमा हुने सुनवाईले टुंगो लगाउने छ । 

लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।

ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ । 

तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।