काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो ।
महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।शुक्रबार दर्ता भएको उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो । न्यायाधीश ढुंगानाकै इजलासमा आइतबार पनि पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याउने’मा परेको थियो ।
बालेनले बलिउड फिल्म आदिपुरुषमा समावेश भएको सिता ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।
त्यसलगत्तै हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ