काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८० बहुमतले पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतबिभाजनमा सरकारले ल्याएको विनियोजन विधेयक बहुमतले पारित भएको हो ।
मतविभाजनका क्रममा विनियोजन विधेयकको पक्षमा एक सय ४७ मत परेको थियो भने विपक्षमा एक सय ८ मत परेको थियो । मत विभाजन हुँदा २५५ जना सांसद उपस्थित थिए । सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० लाई पारित गरियोस भन्ने प्रस्तावको पक्षमा १ सय ४७ मत परेको र उक्त संख्या प्रतिनिधिसभाको बहुमत भएकाले विनियोजन विधेयक २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
त्यसअघि बैठकमा सभामुख घिमिरेले ध्वनी मतका आधारमा विनियोजन विधेयकलाई अघि बढाउन खोज्दा एमालेले मतविभाजको माग गरेको थियो । मतबिभाजनका क्रममा विनियोजन विधेयक बहुमतले पारित भएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ