सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

चलचित्रकर्मी कल्याणकारी कोषमा अमेरिका निवासी अधिकारीद्वारा आर्थिक सहयोग

प्रकाशित समय: बिहिवार, ०८ : ४१ बजे असार १४ गते



चलचित्रकर्मी कल्याणकारी कोषमा अमेरिका निवासी अधिकारीद्वारा आर्थिक सहयोग

काठमाडौँ । संयुक्त राज्य अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार बोर्डको कार्यालयमा पुगि अधिकारीले रु. १ लाख पाँच हजार रकम सहयोग गरेका हुन् ।

सहयोग प्रदान गर्दै अधिकारीले आफु सधैं नेपाली चलचित्रको शुभचिन्तक रहेको बताए । एउटै नेपाली चलचित्र पनि पटक पटक हेर्ने गरेको बताउँदै अधिकारीले नेपाली चलचित्रकर्मीको सहायता स्वरुप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने बताए ।
कोषकी संयोजक बसुन्धरा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभई जुग जुग सम्मलाई सहयोग हुने बताइन् । उनले सबै नेपाली चलचित्रकर्मीको तर्फबाट अधिकारीलाई धन्यवाद व्यक्त गरिन् । बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीको प्रशंसा गर्दै चलचित्रकर्मीलाई राहत होस् भनेर मनबाट गरेकाे सहयोगलाई लिएर सबै चलचित्रकर्मी आभारी रहने बताए ।

चितवनमा जन्मिएकी अधिकारी विगत चौध बर्षदेखि अमेरिकाको पेन्सिलवेनियामा रही व्यावसाय सन्चालन गर्दै आएकी छिन् । सहयोग प्रदान कार्यक्रमममा बोर्ड अध्यक्ष केसी, कोष संयोजक भुषाल सहित बोर्ड सदस्यहरु केएल बुढाथोकी, राजु केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधान, निर्देशक पुर्णेन्दु झा लगायतको उपस्थिति रहेको थियो ।