सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात

प्रकाशित समय: बिहिवार, ०८ : ५६ बजे माघ ३ गते



आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात

ललितपुर, ललितपुर महानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात भएको छ।

 

महानगरमा विहिवार आयोजित कार्याक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले उक्त केन्द्रको उदाघाटन गरी सञ्चालनको सुभारम्भ गरेका हुन्।

 

उक्त केन्द्रका लागि सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट) नेपालले ४ वटा साझेदार संस्थाहरुको समन्वयमा महानगरलाई विपदका वेला आवश्यक पर्ने ‘आपकालीन सामाग्री’ हस्तान्तरण गरेको हो।

 

आइसेटसंग समन्वय गर्ने सहयोगी संस्थाहरुमा आड्रा नेपाल, डिसिए, लुथ्रन वल्र्ड, रिलिफ र वल्र्ड भिजन रहेका छन् । उक्त केन्द्रलाई आइसेट नेपालले विपद व्यवस्थापन सूचना प्रणाली, विपद व्यवस्थापन प्रणालीका सामग्रीहरु, खोज तथा उद्दारका लागि आवश्यक उपकरणहरुका साथै आवश्यक फर्निचर र कम्प्युरहरु समेत उपलब्ध गराएको छ ।

 

उक्त केन्द्रको उदघाटन तथा सामग्री हस्तान्तरण कार्यक्रममा महानगरस्तरीय आपतकालीन सञ्चालन केन्द्र (एमइओसी) पत्रमा हस्ताक्षर समेत गरिएको छ।

 

हस्तक्षरपत्रमा महानगरका तर्फबाट मेयर चिरीवाबु महर्जन र आइसेट नेपालकातर्फबाट कार्यकारी निर्देशक अजयमणि दिक्षितले हस्ताक्षर गरेका छन् ।