ललितपुर, गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरूको विषयमा तथ्यहिन समाचार प्रकाशन र प्रसारण गर्ने अनलाइन सञ्चारमाध्यम तथा पत्रकारलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजुरी परेको छ।
माहाँकाल नेटवर्क प्रालिका नाममा सञ्चालित ललितखबर डटकम नामक संचारमाध्यमबाट बिनाप्रमाण तथ्यहीन आधारहीन अपुष्ट आरोपहरु लगाई समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले प्रेस काउन्सिलमा उजुरी दिएका हुन्।
उजुरीमा उक्त अनलाइनका सञ्चालक र पत्रकारका सोही समूहले नै कपोकल्पित ढंगले श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अनुसन्धान गर्ने निकायहरूमा उजुरी दिने नगरपालिकाका विकास लगायतका काम कारबाहीलाई समेत प्रभावित पार्ने प्रयास भइरहेको समेत जनाएको छ।
निवेदनमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरु लगाई समाचार प्रकाशन तथा प्रसारण गर्ने अनलाइन सञ्चार माध्यम ललितखबर डटकम र समाचार लेख्ने पत्रकार दुवैलाई प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) बमोजिम आवश्यक हदै सम्मको कारबाहीको माग गरिएको छ। नगरपालिकाले उजुरीको बोधार्थ प्रति अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाएको छ।
यस्तो छ उजुरीको विवरण
श्रीमान अध्यक्ष ज्यू
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम तिलगंगा काठमाडौँ
बिषय: तथ्यहिन समाचार प्रकाशन तथा प्रसारण गर्ने अनलाइन सञ्चार माध्यम तथा पत्रकार कार्बाही गराइ पाउ भन्ने सम्बन्धमा।
उपरोक्त सम्बन्धमा ललितखबर डटकम मिडियाबाट २०८० असार १३ गते प्रकाशित "गोदावरीका मेयर गजेन्द्र र उपमेयर मुना लगायत विरुद्ध अख्तियारमा सार्वजनिक जग्गा मिचेर प्लटिङको अनुमति दिएको भन्दै उजुरी"लगायतका शीर्षक राखी बिनाप्रमाण, बिनाआधार, तथ्यहीन, अपुष्ट आरोपहरु लगाई नगरपालिकाको जनप्रतिनिधि र सिंगो नगरपालिकाको गरिमा र चरित्र हत्या गर्ने मनशाय बाट ग्रसित भई समचार प्रकाशित गरेको व्यहोरा अनुरोध छ।
विगतमा पनि यसै मिडियाबाट सञ्चालकले सञ्चालन गरेको महाँकाल नेटवर्क प्रालिका नाममा सञ्चालित ललितपुरखबर डटकमबाट यस्तै प्रकारका कपोकल्पित, भ्रामक, तथ्यहिन समाचार प्रकाशन र प्रसारण गर्ने गरेकै कारण प्रेस काउन्सिलबाट कारबाहीमा समेत परेको र हाल आएर ललितखबर डटकम दर्ता गरी यस्तै भ्रामक र तथ्यहीन समचार प्रकाशन गर्दै आइरहेको पाइएको छ। सोही समूहले नै कपोकल्पित ढंगले श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अनुसन्धान गर्ने निकायहरूमा उजुरी दिने नगरपालिकाका विकास लगायतका काम कारबाहीलाई समेत प्रभावित पार्ने प्रयास भइरहेको छ।
पत्रकार तथा सञ्चार माध्यमले सत्य-तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गरी नागरिकहरूमा सही सूचना पुर्याउनु पर्नेमा पत्रकारिताको गरिमा र आचरणविपरीत आधार र प्रमाणबिना स्रोतको हवाला दिँदै प्रकाशित यस समाचार प्रति नगरपालिकाको गम्भीर असहमति र आपत्ति रहेको छ।
यसरी बिनाप्रमाण तथ्यहीन आधारहीन अपुष्ट आरोपहरु लगाई समाचार प्रकाशन तथा प्रसारण गर्ने अनलाइन सञ्चार माध्यम ललितखबर डटकम र समाचार लेख्ने पत्रकार दुवैलाई प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) बमोजिम आवश्यक हदै सम्मको कारबाही गर्न अनुरोध गर्दै तपसिल बमोजिमको कागजात संलग्न राखी यो निवेदन पेश गरेको छु।
तपसिल:
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौँ
२. प्रकाशित समाचारको प्रिन्ट - १० (दश) प्रति
३. समाचारको लिङ्क:
बोधार्थ
श्री सूचना तथा प्रसारण विभाग सञ्चारग्राम, काठमाडौँ।
श्री महानगरीय प्रहरी परिसर, ललितपुर।
श्री ललितखबर डटकम, ललितपुर।
हस्ताक्षर ........
गजेन्द्र महर्जन
नगर प्रमुख
गोदावरी नगरपालिका, ललितपुर
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ