सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

बीपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की नियुक्त

प्रकाशित समय: आइतवार, ०६ : ११ बजे असार १७ गते



बीपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की नियुक्त

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायम मुकायम उपकुलपतिमा डा. प्रह्लाद कार्की नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

 

उनले अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक क्षेत्र पनि हेर्ने छन् ।यसअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै शिक्षाध्यक्ष डा. सञ्जिव शर्मालाई दिइएको थियो ।