सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

अदालत अगाडि कानून व्यवसायीको प्रदर्शन

प्रकाशित समय: सोमवार, ०२ : ३५ बजे असार १८ गते



अदालत अगाडि कानून व्यवसायीको प्रदर्शन

काठमाडौं । कानून व्यवसायीहरूले जिल्ला अदालत, ललितपुर अगाडि प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनका कारण कामकाज प्रभावित भएको छ ।

 

कानून व्यवसायी अमिर लामिछानेले उच्च अदालत, पाटनमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका थिए । हातपात गर्ने अधिवक्ता लामिछाने विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ ।

 

अधिवक्ता लामिछानेलाई आइतबार पक्राउ गरिएको थियो । उनलाई सोमबार तारेखमा छोडिएको छ ।यसको विरोधमा कानून व्यवसायी प्रदर्शनमा उत्रिएका हुन् । नेपाल बार एशोसिएशनको आह्वानमा कानून व्यवसायीले प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा सर्वोच्च बार एशोसिएशन, काठमाडौं जिल्ला अदालत बार एकाइ, ललितपुर जिल्ला अदालत बार एकाइ, भक्तपुर जिल्ला अदालत बार एकाइ, काभ्रे जिल्ला अदालत बार एकाइ, विशेष अदालत बार एकाइ, पाटन उच्च अदातल बार एकाइको सहभागिता छ ।