काठमाडौं । एमालेको सरकार ढलेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता-गठबन्धनबीच कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सहमति भएको छ ।
उक्त पदमा माओवादी केन्द्रको पनि दाबी रहँदै आएको अवस्थामा सोमबार बालुवाटारमा बसेको संघीय सरकारको गठबन्धनले उक्त सहमति गरेको हो ।बैठकपछि नेकपा एसका नेता राजेन्द्र पाण्डेले कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिए ।
कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका छन् । खापुङले नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसार दुई दल वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ