काठमाडौं । गुल्सन झाको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानको खेलमा आयरल्यान्डविरुद्ध नेपालले २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६८ रनको योगफल खडा गर्यो ।नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले ।
ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए ।
आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।
नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ