सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

आफ्नो पार्टी सत्तामा हुँदा पनि बजेट नपर्नु दुखद् - प्रदेश सांसद महर्जन

प्रकाशित समय: बुधवार, ०६ : १५ बजे असार २० गते



आफ्नो पार्टी सत्तामा हुँदा पनि बजेट नपर्नु दुखद् - प्रदेश सांसद महर्जन

ललितपुर,वागमती प्रदेशका प्रदेश सांसद मीन कृष्ण महर्जनले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै आक्रोश पोखेका छन्। 

 

वागमती प्रदेशको प्रदेश सभामा प्रदेश सरकारको आ. ब. ८०/८१ को बजेटका सम्बन्धमा आफ्नो मन्तव्य राख्ने क्रममा सांसद महर्जनले आफ्नो पार्टी सत्तामा हुँदा पनि ललितपुर जिल्लाको क्षेत्र नं १ मा बजेट नपर्नु दुखद् भएको बताए। 

 

उनले दोस्रो कर्णालीको रुपमा चिनिने ललितपुर क्षेत्र नं १ बाट चार जना भन्दा बढी माननीयहरुको प्रदेश सभामा प्रतिनिधित्व हुदाँ पनि सडक, स्वास्थ्य,शिक्षा, खानेपानी लगायतका शीर्षकमा बजेट नपर्दा लज्जाबोध भएको बताए। 

 

नेता महर्जनले आफु खेलकुद ब्याकग्राउण्डबाट राजनीतिमा प्रवेश गरेको बताउदैं प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा बजेट विभाजन हुँदा खेलकुदलाई प्राथमिकतामा नराख्नु कारण के हो प्रश्न गरे? 

 

उनले विषयगत जानकारी नभएका माननीयहरुले मन्त्रालयको जिम्मेवारी पाउदा यस्तो अवस्था आएको बताए।