काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे अभिव्यक्तिलाई लिएर बबण्डर गर्न खोजिएकाे बताएका छन् ।उनले एक पुस्तक विमोचनको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएपछि अहिले आलोचना भइरहेको छ ।
उनले त्यसबारेमा क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलामा आफ्नो अभिव्यक्तिलाई मिलाएर बबण्डर गर्न खोजिएपछि केही हुनेवाला नरहेको चेतावनी दिए ।“एउटा सी को किताब विमोचन गर्दै गर्दा उनले बोलेको कुरा मैले बोलेको हो । मेरो कुरा होइन । उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिक क्षेत्रमा पनि उहाँले चासो राख्नुुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ,” उनले भने, “कहिले दिल्ली कहिले नेपालको पार्टीसँग लाग्नुहुन्थ्यो उहाँको बारेमा भनेका कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिने वाला छैन ।”
यसले विपक्षमा कति विक्षिप्तता, पूर्वाग्रह छ भन्ने देखिएको उनको भनाइ छ ।उनले ललिता निवासमा ठूलो सेटिङ भएको बताए । जनताको साथ भएपछि कसैले हल्लाउन नसक्ने प्रधानमन्त्रीको भनाइ छ । “हेर्दै जानुहोला अझै अगाडि बढिन्छ । छोडिँदैन । यसो गर्दै जाँदा जनताको साथ युवाको साथ हुँदै गएपछि कसैले हल्लाउन सक्छ भन्ने लागेको छैन,” उनले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ