काठमाडाैं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक संघको केन्द्रीय कार्यालय धापासी काठमाडौंमा सम्पन्न भयो । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत नेपाल महिला संघलाई सशक्त भातृ संगठनको रूपमा अगाडि बढाउने उद्देश्यका साथ बैठक बसेकाे हो ।
लोकतन्त्रवादी महिलाहरूको एकमात्र छाता संगठनको रूपमा ७६ वर्ष अगाडि नेपाली महिलाहरूको सर्वाङ्गिण हित, राजनितिक अधिकार प्राप्ति, स्वतन्त्रता, समानता, आर्थिक समानताका सवालमा बुलन्द आवाज उठाउने पवित्र उद्देश्यका साथ स्थापना भएको नेपाल महिला संघले आम महिलाको हक अधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भुमिका खेल्नुपर्नेमा बैठकमा सहभागी महिलाहरूले जोड दिएका छन् । बैठकमा बोल्दै संघका अध्यक्ष मिश्रले महिला संघ स्थापना पश्चात हरेक राजनितिक आन्दोलनहरूमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको यो संगठनको भविष्यमा पनि विशेष भुमिका रहने बताउनुभयो ।
बैठकले प्रेस संयोजकमा मञ्जु नेपाल भण्डारी, आर्थिक समिति संयोजकमा वसन्ती भण्डारी, सदस्यमा तारा थपलिया, घरेलु हिंसा विरूद्धको समिति (Domestic violence) संयोजकमा सरस्वती बस्नेत र सदस्यहरूमा डा. सुष्मा तिवारी, ज्वाला पाण्डे, भारती जोशी, Rapid Response Team मा डा. अमिता प्रधान, डा. सिता घिमिरे र ट्रेड युनियन सम्पर्क समितिमा भिमकला गैह्रेलाई जिम्मेवारी दिएको छ ।
पार्टीको चौधौं महाधिवेशन पछि बनेको तदर्थ समितिले यथासक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताउनुभयो । बैठकले प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम गर्ने, संघको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको स्मृति दिवस मनाउने लगायतका निर्णयहरू गरेको र जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रदेश प्रशिक्षणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने अधिकार अध्यक्षलाई दिएको भण्डारीले जानकारी दिनुभयो ।
वर्तमान परिस्थितीमा महिलाका राजनितिक, आर्थिक हक अधिकार लगायत समानता र सुरक्षाका विषयमा नेपाल महिला संघ कसरी प्रस्तुत हुने, नेपाली काँग्रेसको नीति तथा सिद्धान्त लगायत महिला सुरक्षा र महिला संघको आगामी कार्यदिशा सहित विभिन्न विषयहरूमा जानकारी गराउने उद्देश्यका साथ सातैवटा प्रदेशमा प्रशिक्षण गर्न लागिएको हो ।
बैठक पछि संघका अध्यक्ष तथा सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटि महिला संघको बैठक तथा भावि कार्ययोजनाका बारेमा जानकारी गराएका छन् । भेटमा सभापति देउवाले नवगठित केन्द्रीय तदर्थ समितिका अध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । संघलाई महत्वपुर्ण निर्देशन दिँदै आधा आकाश ढाक्ने महिलाहरूको संगठन अझ संगठित र जुझारू भएर आफ्ना हक अधिकारका लाग्नुपर्ने र विगतमा पार्टी निर्माणमा महिला संघको अहम् भुमिका निर्वाह गरेको पनि देउवाले बताउनुभयो । संघले प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिहरूको मनोनयन गर्ने कामलाई छिट्टै पुरा गरी संगठनलाई गतिशील बनाउने जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ