काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले सरकार गठन गरेको र संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङको आह्वानपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता थापाले बिहीवार सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्याएर दाबी पेश गरेका थिए । उनलाई सभामुख गौतमसहित नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको समर्थन थियो ।
सभामुखको हस्ताक्षरलाई अस्वीकार गर्न एमालेले माग गरेपनि प्रदेश प्रमुख खापुङले थापालाई नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--