सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ललिता निवास प्रकरण :पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

प्रकाशित समय: शुक्रवार, ०३ : ५५ बजे श्रावण ५ गते



ललिता निवास प्रकरण :पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं ।बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

 

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो।