ललितपुर, नेपाली कांग्रेसका नेता सह महामन्त्री बद्री पाण्डेले कांग्रेसलाई बलियो बनाउन प्रतिस्पर्धी क्षमता बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।नेपाल महिला संघ ललितपुरले बिपी स्मृति दिवसको उपलक्ष्यमा आयोजना गरेको वर्तमान राजनीतिमा महिला सहभागिता चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता पाण्डेले नेताको गुटको मान्छे नभई प्रतिस्पर्धाबाट नेतृत्व गर्न सक्ने योग्यता र क्षमता देखाउनसके महिलालाई नेतृत्वमा आउन कसैले रोक्न नसक्ने बताए ।
सह महामन्त्री पाण्डेले नेपाली कांग्रेस पार्टीको अहिलेको चुनौती भनेकै प्रतिस्पर्धी क्षमतालाई वृद्धि गर्नु भएको बताए। नेता पाण्डेले नेपाली कांग्रेसले आफ्नो विचार र दर्शनलाई समाउँदै तथ्य तथ्याङ्क र तर्कका साथ जनताका बीचमा पुगे कांग्रेस माथिको जनताको भरोसा अझै बढ्ने बताए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले पार्टीभित्रको निराशा अन्त्य गर्न पार्टीलाई सुदृढ गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । केन्द्रीय सदस्य राणाले नेताको पुजा गर्ने भन्दा काम गर्ने कार्यकर्ता नेतालाई नेतृत्वमा अगाडि सार्नुपर्ने आवश्यकता रहेको औंल्याए ।उनले कांग्रेसकाे नेतृत्वमा आएको संविधानले महिला र पिछडिएका समुदायलाई समेटेको बताए ।
बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले बीपी स्मृतिमा बिपीलाई सम्झिदै आफ्नो पुरानो राजनीतिक आस्था कम्युनिष्ट भएपनि बीपीलाई भेटिएपछि वीपीको विचारबाट प्रभावित भएर कांग्रेसमा आएको स्मरण गरे ।
बागमती प्रदेश माननीय उर्मिला केसीले पार्टीमा रुपान्तरणका कुरा गर्दैगर्दा पार्टी नेतृत्व परिवर्तन होइन पार्टीकाे आन्तरिक सुदृढीकरण अहिलेको आवश्यकता भएको बताइन्।
बागमती प्रदेश नेपाली कांग्रेस सहमहामन्त्री ऋषिराम घिमिरेले कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन समय नहुँदा पार्टी चलाएमान हुन नसकेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले महिलाहरूको उल्लेख्य सहभागिताले तीन तहको निर्वाचनमा नेपाली कांग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेको बताउँदै सभापति श्रेष्ठले महिलाहरूलाई अझ क्रियाशील र संगठित बनाउन सके महिला नेतृत्व बढ्नुका साथै पार्टी संगठन बलियो हुने बताए ।
जिल्ला पार्टी कार्यालय नखिपोटमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाको निवर्तमान उपमेयर समेत रहेकी महिला संघकी अध्यक्ष गीता सत्यालले महिला अधिकार स्थापित हुन अझै बाँकी रहेको बताइन् । उनले महिला अधिकार सुनिश्चितताका लागि महिला दिदीबहिनी एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ