काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आइतबारदेखि बहस हुँदैछ। गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आइतबार बहस शुरु हुन लागेको हो।
निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ मागेकी थिइन्। त्यसैअनुरूप प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेशगरेसँगै सरकारको वैधानिकतामा बहस हुन लागेको हो।
नेपाली कांग्रेसका उद्धव थापाले सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर पेश गरेर आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि एमाले सर्वोच्च अदालत पुगेको थियो। एमालेले दायर गरेको रिटमा निष्पक्ष रहनु पर्ने सभामुख गौतमले समेत हस्ताक्षर गरी बनेको सरकार असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ