\काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सकिएको छैन । शुक्रबार ३३ जनाले बोलेका थिए। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
जारी बैठकमा नेताहरू स्पष्ट गुटगतरूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा र राखेका थिए ।
बोल्नेहरूको कित्ता स्पष्ट थियो– कि महामन्त्रीको पक्षमा, कि विपक्षमा । संस्थापन पक्ष सभापति शेरबहादुर देउवालाई जोगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचनामा उत्रिने क्रम जारी थियो । संस्थापनइतर पक्ष सभापतिको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ