काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरूले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।
मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईँले गिरिजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा। शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’ यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बने पनि उनलाई वरिष्ठ नेताको उपाधि दिइएको छैन । काँग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन । १४ औँ महाधिवेशन अघि देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ