काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।
सोमबार दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनुहुनेछ । गत असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरिसकेका छन् । सहमहामन्त्रीहरू तथा पार्टीका पूर्व पदाधिकारीहरुले पनि सोमबार नै बोलिसकेका छन् । केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको सोमबार सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ ।
बैठकमा प्रस्तुत भएको १० एजेन्डाबारे सोमबार वा मंगलबार निर्णय हुने बताईएको छ । महामन्त्री थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनालाई भने केन्द्रीय समितिले पारित गर्छ वा गर्दैन भन्नेबारे केही खुलाइएको छैन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ