सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

सुन काण्डमा आफ्नो संलग्नता छ कि छैन? गृहमन्त्रीले बताउनुपर्‍योः ओली

प्रकाशित समय: मगलवार, १० : ५१ बजे श्रावण ९ गते



सुन काण्डमा आफ्नो संलग्नता छ कि छैन? गृहमन्त्रीले बताउनुपर्‍योः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्।

 

कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन्।‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने?,’ उनले भने।

 

गृहमन्त्रीले ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित भएका हुन्।

 

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको ओलीले बताए।