काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् ।
नरबहादुर कर्माचार्यको १० औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले साम्राज्यवादले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन खोजेको भन्दै त्यसविरुद्ध लड्न कम्युनिष्ट पार्टीबीच एकता आवश्यक भएको बताएका हुन् । देशमा साम्राज्यवाद हावी हुँदै गएको भन्दै यसलाई चिर्न सबै एकजुट भएर एकताको पहल गर्न जरुरी भएको उनको तर्क छ ।
‘वास्तवमा कम्युनिष्ट आन्दोलनका धेरै चिराहरु छन्, यो चिराले कम्युनिष्ट आन्दोलन अगाडि बढाउँदैन्, साम्राज्यवाद हामीलाई कमजोर बनाउँन चहान्छ। त्यसकारण हामी सबै कम्युनिष्ट आन्दोलनका टुक्राहरु जति छन्,सबैलाई देशमा साम्राज्यवाद हावी हुँदैछ, यसलाई चिर्न हामी सबै एकजुट भएर एकताको पहल गर्न जरुरी छ, यो आजको आवश्यकता पनि हो।’
यस्तै उनले व्यवहार र सिद्धान्त दुईवटा कुरालाई सन्तुलनमा राख्ने हो भने मात्रै हामी अगाडि बढ्न सक्ने बताए । नरबहादुर कर्माचार्यको पार्टी एकतामा ठूलो भूमिका खेलेको भन्दै पार्टी एकिकरण गर्ने समयमा उनले दिएको निर्देशन एकदमै फलदायी रहेको पनि बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ