सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

गैरआवासीय नेपाली संघ जापानको उपाध्यक्षमा सचिन श्रेष्ठले उम्मेदवारी घोषणा

प्रकाशित समय: बिहिवार, ०७ : ५० बजे श्रावण ११ गते



गैरआवासीय नेपाली संघ जापानको उपाध्यक्षमा सचिन श्रेष्ठले उम्मेदवारी घोषणा

जापान,गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्षमा सचिन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। 

 

मिडिया सञ्चार डटकम सँग कुरा गर्दै श्रेष्ठले आगामी चुनावमा NRNA जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिन गइरहेको जानकारी दिए। 

 

श्रेष्ठ दुई दशक देखी जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न छन् । 

२००८ देखी NRNA अभियानमा संलग्न भएका श्रेष्ठले २०१७-०१९ मा केन्द्रीय सदस्य हुदै २०१९-०२१ मा सह-कोषाध्यक्षमा रही सक्रियताका साथ काम गर्दै आएका छन्। 

 

एनआरएनएको गत निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठ उक्त पदमा पराजित हुँदा पनि संस्थालाई अझ उचाइमा पुर्याउन निरन्तर शसक्त भूमिका खेल्दै एनआरएनएको अभियानमा खटिएका छन्। 

 

उनले विगतका दिनमा देखिएको आर्थिक अनियमितता तथा संस्थाको कोष दुरुपयोग आदिमा अभियानमा लागेका केही व्यक्तिहरूको कारण सिङ्गो संस्थाको गरिमामा गम्भीर आँच आएको भन्दै आक्रोश व्यक्त गरे। उनले संस्थागत हितमा काम नगरी व्यक्ति विशेष स्वार्थमा लाग्दा NRNA अभियान प्रति आम नेपालीमा नैराश्यैयता छाएको बताए।

श्रेष्ठले विगतमा संस्थालाई शुद्धीकरण गर्नको लागि भरपर्दो प्रयास गरेको बताउँदै अबका दिनमा पनि गैरआवासीय नेपालीको हकहितका लागि आफूले सक्दो पहल गर्ने बताए।

 

उनले आफ्ना कमी कमजोरीहरूलाई आत्मसमिक्षा गर्दै, NRNA जापानलाई एक नमुना संस्था बनाउन हरदम लागि पर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।