काठमाडौँ । नेपालले सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ। भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो । साउन २ मा मोटरसाइलको ब्रेक सुमा राखेर ल्याइएको सय किलो सुन बरामद भएपछि तस्करीको खुलासा भएको थियो। तस्करीमा भन्सार विभागका कर्मचारी पनि संलग्न रहेको पाइएको छ ।
‘हामीले हङकङको भन्सार विभागसँग सुन बरामदको घटनापछि ती व्यक्तिहरुले निर्यात गरेका छन् कि छैनन् भनेर विस्तृत जानकारी मागेका छौँ,’ विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भनेका छन् ।
नेपालमा वाणिज्य बैंकहरुले बाहेक अरुले सुन भित्र्याउन पाउँदैनन् । यो व्यवस्थाको पालना किन नगरिएको हो भन्ने विषयमा आफूहरुको चासो रहेको खड्काले बताएका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यस विषयमा हङकङको भन्सार विभागले भने बोल्न अस्वीकार गरेको छ । ‘कुनै तस्करीको घटना भए हामी त्यसमा जोडदार कदम चाल्नेछौँ । हामी कुनै गैरकानुनी काम सहँदैनौँ भन्नेमा जोड दिन चाहन्छौँ,’ विभागका प्रवक्ताले भनेका छन् ।
रेडी ट्रेड नामक कम्पनीले सो सुन भित्र्याएको थियो। तस्करीमा संलग्न भएको आशंकामा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ