सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

जनताको पक्षमा काम गर्न नसके कांग्रेसले सरकार छोड्नुपर्छ - कांग्रेस नेता जीतजंग बस्नेत

प्रकाशित समय: सोमवार, ०७ : १८ बजे श्रावण १५ गते



जनताको पक्षमा काम गर्न नसके कांग्रेसले सरकार छोड्नुपर्छ - कांग्रेस नेता जीतजंग बस्नेत

ललितपुर,नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले किसान समस्या जिउकातिउ रहेको बताएका छन्। नेपाल किसान महासंघ ललितपुरले  आयोजना गरेको जिल्ला कार्यसमिति परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले किसानका हक र अधिकार नारामा सिमित रहेको बताउँदै यसलाई व्यवहारमा उतार्न किसान महासंघले अग्रसर लिनुपर्ने बताए। 

 

उनले भने-"सरकार असफल भएको हो कि भन्ने शंका लाग्न थालेको  छ ",किसानका उत्पादन सस्तोमा लिने तर  तिनै किसानलाई आवश्यक मल, बिउ, बिजन, औषधि महगोमा बिक्री गर्ने यो कस्तो तरिका हो? उनले सरकार कालोबजारी नियन्त्रणमा उदासीन रहेको बताए। 

 

नेता बस्नेतले नेपाली कांग्रेस पनि सरकारमा रहेकाले जनताका, किसानका पक्षमा काम गर्न नसक्ने हो भने कांग्रेसले सरकार छोड्नुपर्ने बताए। केन्द्रीय सदस्य बस्नेतले भस्ट्राचार बिरोधी अभियानमा  नेपाली कांग्रेस सरकारमा हुँदा वा नहुदा बुलन्द आवाज उठाउदै आएको बताए। 

 

नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले किसान महासंघ ललितपुरलाई किसानहरूको हकहित र अधिकारमा काम गर्दा पार्टीबाट चाहिने जस्तो सुकै सहयोग प्राप्त हुने बताए । 

 

नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिमल्सिना किसान महासंघ किसान हक र अधिकार विषयमा मुद्दा उठाउने देशकै ठूलो संगठन भएको बताए। अध्यक्ष तिमिल्सिनाले किसानले उत्पादन गरेका सामानको उचित बजार र मुल्य नपाउँदा कृषक सस्तोमै बेच्न बाध्य भएको बताए। 

 

उनले महासंघको मुख्य काम किसानमुखी निति र  किसान हकहित संरक्षणमा काम गर्नु रहेको बताए।उनले किसानलाई बलियो बनाउन सकियो भने मात्रै कांग्रेस बलियो बनाउन मद्दत पुग्ने बताए। 

 

किसान महासंघका ललितपुरका अध्यक्ष चक्र महर्जनले विपिले २००८ सालमा स्थापना गरेको किसान संघ २०७८ मा किसान महासंघ बनेको र यसको अध्यक्षको जिम्मेदारी पाउँदा खुसी व्यक्त गरे। 

 

नेपाली कांग्रेसका उपसभापति सुदर्शन घिमिरे,नेपाली कांग्रेस ललितपुर क्षेत्र नं १/२/३ का सभापति सुन्दर मान थिङ, महेश खड्का, महेश्वर थापा, किसान महासंघका वागमती प्रदेश अध्यक्ष मिरा स्याङ्तान, महिला संघका सभापति गिता सत्याल लगायतले मन्तव्य राख्ने क्रममा किसानका समस्याका विषयमा, किसान पक्षमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए। 

 

कार्यक्रममा नेपाल किसान महासंघको नयाँ कार्य समिति घोषणा गरिएको थियो। 

 

नेपाल किसान महासंघ नयाँ कार्यसमिति

========================= 

 

अध्यक्ष  चक्र महर्जन 

उपाध्यक्ष रमेश प्रसाद बजगाईं 

उपाध्यक्ष गोपाल कृष्ण महर्जन 

सचिव उमा महत

सचिव ओमकार बोहोरा 

कोषाध्यक्ष शान्ति तण्डुकार 

सहसचिव गोपी ब. महर्जन 

सदस्यहरु

======

सेशानन्द संजेल

तुल्सी राज महर्जन

रबिन्द्र महर्जन

रमेश घिमिरे

उमा बिशुंखे

दीप शक्ति ब्यन्जनकार

इन्द्रदेवी महर्जन 

गंगाराम डंगोल

दशराम महर्जन

रेवती प्रसाद घिमिरे 

मधु बिशंखे

हरि गोबिन्द महर्जन 

बलराम खत्री

बिरेन्द्र महर्जन 

लक्ष्मी महर्जन

बिक्रम लामा

किशोर महर्जन 

रिता श्रेष्ठ

शुकमाया पहरी

भरत बस्नेत

दिपक महर्जन

शोभा लामा 

श्याम लाल श्रेष्ठ

महांकाल गाउँपालिका विनोद प्रसाद तिमिल्सिना 

वागमती गाउँपालिका गुणराज बजगाईं 

कोन्ज्योसोम गाउँपालिका भुवन लामा 

 

महालक्ष्मी नगरपालिका गंगाराम महर्जन 

गोदावरी नगरपालिका रामकृष्ण बानियाँ 

ललितपुर महानगरपालिका राजु महर्जन