काठमाडौँ,काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो ।
ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौँ मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ।
कुटपिटबाट घाइते भएका उनीहरुको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । (रासस)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ