काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै आइरहेको थियो । आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।
तर, सत्तारुढ दलका प्रतिनिधि संसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। हिजो पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ