काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो ।
कांग्रेसले पाँच जना केन्द्रीय सदस्यबाहेकलाई पनि जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।
पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर)पनि दिएको छ । साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यले जिम्मेवारी निर्वाह गर्नेछन् ।
कोशी प्रदेशको ताप्लेजुङ–१ मा सुजनता परियार, पाँचथर–१ लक्ष्मी परियार, इलाम–२ डा.डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी–४ मा आनन्दप्रसाद ढुङ्गाना र सिरहा–४ मा राजीव ढुङ्गानालगायत छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ