ललितपुर, श्री महाकाली देवी मा वि पूर्व विद्यार्थी सङ्घको दशौ वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडामा रहेको श्री महाकाली देवी मा वि मा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको दशौं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।
पर्यटकीय क्षेत्र राडर क्षेत्र मैरेमा पिकनिक सहित सम्पन्न साधारणसभाले वडा नं ३ का वडा अध्यक्ष समेत रहेका विष्णुप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सङ्घको उपाध्यक्षमा बासु घिमिरे, सचिव रमेश कुमार संजेल, सह-सचिव कमला सापकोटा र कोषाध्यक्षमा दिपक घिमिरे (समिर)लाई चयन गरेको छ।
त्यस्तै सदस्यहरुमा पार्वती घिमिरे, बिना तामाङ, सचिन तिमल्सिना र मुकुन्द बजगाईंलाई चयन गरेको छ।
कार्यक्रम बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नयाँ कार्यसमितिलाई शुभकामना दिँदै पालिका अध्यक्ष लोप्चनले गाउँपालिकाको विकास र समृद्धिका लागि पूर्व विद्यार्थी सङ्घको महत्वपूर्ण भूमिका रहने भएकाले गाउँपालिकाको विकास र प्रगतिका लागि पूर्वविद्यार्थी सङ्घको सल्लाह, सुझाव लिन सदैव तयार रहेको बताए।
कार्यक्रममा श्री महाकाली देवी मा वि पूर्व विद्यार्थी सङ्घका पूर्वअध्यक्षहरु माधव दुलाल, मेघनाथ सापकोटा, मुक्तिनाथ सापकोटा, रामहरी घिमिरे लगायतले मन्तव्य राखेका थिए।
२०६३ सालमा स्थापना भएको पूर्वविद्यार्थी सङ्घले श्री महाकाली देवी मा वि मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, विविध सांस्कृतिक कार्यक्रम, जनचेतना कार्यक्रम गर्दैआएको नवनिर्वाचित कोषाध्यक्ष दिपक घिमिरे (समिर)ले जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ