सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच बिजुली बजारमा झडप

प्रकाशित समय: बिहिवार, ०३ : ४४ बजे श्रावण १८ गते



आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच बिजुली बजारमा झडप

काठमाडौं । राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।

 

प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।सहकारी पीडितहरूले लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै आएका छन् ।