काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले घरेलु क्रिकेट पनि नखेल्ने बताए । उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मन भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाई छ ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी-२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ