सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

करेन्ट लागेर दुईको मृत्यु

प्रकाशित समय: शनिवार, ०८ : ४६ बजे माघ ५ गते



करेन्ट लागेर दुईको मृत्यु

धनुषा, करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साह रहेका छन् । 

 

जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि राखिएको तारमा प्रवाहित ११ हजार भोल्ट करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

मोटरसाइकलबाट लड्दा नजीकैको बिजुलीको पोलमा ठोक्ँिकदा पोललाई अड्याउन बाँधिएको तारबाट करेन्ट प्रवाह भई दुवैको घटनास्थलमा नै मृत्यु भएको थियो । 

 

बचाउन गएका सूर्यनारायण ठाकुरलाई पनि करेन्ट लागेर घाइते भएका र उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताउनुभयो ।