काठमाडौं, २१ साउन । परराष्ट्रमन्त्री एनपी साउदले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् ।
फरक फरक परराष्ट्र नीतिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता बलियो बनाउन नसक्ने भन्दै उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए ।परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अघि बढाइएको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ