काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ ।
सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा यी दलका सचेतकहरू पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा संसद् अवरोध हटाउने र संसदीय समितिकिो सभापति चयनका विषयमा छलफल हुने बताइएको छ ।नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।
आइतबार सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ