काठमाडौं । देशका अधिकांश भागमा गएरातीदेखि नै भारी वर्षा भइरहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागले विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यका लगायतका कोशी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा हुने जनाएको छ ।विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यता मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा कोसी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र वाग्मती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
धेरै भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने विभाग जनाएको हो । काठमाडौँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । त्यसैगरी काभ्रेमा पनि भारी वर्षा कारण बनेपा र आसपासका क्षेत्र जलमग्न भएको छ ।
नेपालमा अहिले मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ