काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक स्थगित भएको हो ।
बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले आजका कार्यसूचीमा भएका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।बुधबारको बैठकमा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेहो हो ।
एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैठकको सुरुआतमै समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनी बोल्दा सत्तापक्षका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपश्चात् एमालेले वेल घेराउ गर्दै नाराबाजी गर्यो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ