सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

किम जोङ उनद्धारा सेनाको शीर्ष जनरल बर्खास्त

प्रकाशित समय: बिहिवार, ०९ : ३३ बजे श्रावण २५ गते



किम जोङ उनद्धारा सेनाको शीर्ष जनरल बर्खास्त

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ । सो बर्खास्ती पछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका छन् । जसअनुसार उनले भनेका तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू आह्वान गरिएको छ।

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन् । राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रीलाई रक्षामन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।