इस्लामबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो ।
पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।
पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) नेतृत्वको गठबन्धन सरकार अझै दुई दिनसम्म सत्तामा रहन सक्थे र अगस्ट ११ मा संसद विघटन गर्न चाहन्थे, तर जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरानको पार्टीका पूर्व नेता राष्ट्रपति अल्वीले तल्लो सदन विघटन गर्न तत्काल अधिसूचना जारी गर्न अस्वीकार गर्ने सम्भावना रहे पछि दुई दिन अघि नै बिघटनको सिफारिस गरेका हुन् ।
जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधबार ढिलो राष्ट्रपति अल्वीलाई राष्ट्रिय सभा विघटन गर्न पत्र पठाएका थिए, जसले औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ। संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाएका हुन् । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रिय सभा भंग गर्न वा ४८ घन्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्छन् । नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ