सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

प्रकाशित समय: बिहिवार, ०३ : ५२ बजे श्रावण २५ गते



विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् ।

 

उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो ।प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९/०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।

 

गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङ्ले बताए ।