काठमाडौं । गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी नेपालले आज आफनो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरे पछि सरकारसँग सशंकित रहेको जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्बजनिक गर्न लागेको हो ।
त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने । सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्दता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो ब्यक्त गरेका थिए ।
आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।
बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ