सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू

प्रकाशित समय: आइतवार, ०७ : १८ बजे माघ ६ गते



मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू

काठमाडौं ।,यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेको छ ।

 

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेका मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् ।

 

जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समूह’ र प राखिन्थ्यो । निजी गाडीमा भने अन्तिममा च, सरकारीमा झ, ट्याक्टरमा त र सार्वजनिक भाडाका गाडीमा ख राख्ने गरिएको छ ।

 

बाग्मतीमा ९९ ‘लट समूह’ सम्म मोटरसाइकल तथा स्कुटर दर्ता भइसकेकाले नयाँ व्यवस्था ल्याउनुपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।यो नियम अहिले ३ नम्बर प्रदेशमा मात्र लागू गरिएको छ ।

 

सरकारले गत कात्तिक ८ गते राजपत्रमा प्रकाशित गरी यो व्यवस्था सुरु गरेको थियो । बाग्मतीमा २०७५ असोज १७ गतेदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको थियो ।

 

नियमावलीमा अंक र अक्षर गरी मोटरसाइकलमा बढीमा ८ वटा मात्र शब्द हुनुपर्ने व्यवस्था थियो । नयाँ राजपत्रमा पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्ने कुरा उल्लेख छ । सवारी समूह जनाउने अंक आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुने उल्लेख छ ।’ सवारी दर्ता बढेमा बढीमा ४ अंकको सबैभन्दा ठूलो संख्या हुनेछ ।

 

यसअन्तर्गत ०००१ देखि ९९९९ सम्म हुनेछ । अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ । 

 

नयाँ प्रविधिको नम्बर लिन मोटरसाइकललाई २ हजार ५ सय, ३ पाङ्ग्रेलाई २ हजार ९ सय, ४ पांग्रेलाई ३ हजार १ सय र ठूला सवारीलाई ३ हजार ६ सय लाग्ने व्यवस्था छ ।#samacharpatra