सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

प्रकाशित समय: शुक्रवार, ०७ : ४७ बजे श्रावण २६ गते



सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

 

जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।