काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले अब शेरबहादुर देउवा र केपी शर्मा ओलीलाईलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताए ।
अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेटेपछि उनले यस्तो बताएका हुन् । ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतङ्ककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।
उनले सदनमा गोप्य मतदान गरे ‘प्रचण्ड’को पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।
उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । काँग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाइ, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबै प्रधानमन्त्री बन्दै जान्छन् ।’
उनले आगामी दिनमा आफू काँग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ