सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ, अरू विषयमा बोल्न गृहमन्त्री रोष्ट्रममा जानु अनौठो कुरा हो : केपी ओली

प्रकाशित समय: आइतवार, ०३ : ५७ बजे श्रावण २८ गते



गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ, अरू विषयमा बोल्न गृहमन्त्री रोष्ट्रममा जानु अनौठो कुरा हो : केपी ओली

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

 

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।आफ्नो राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको गनको भनाइ छ ।

 

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने , “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ... राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”

 

केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।त्यसको जवाफ ओलीले दिएका हुन् ।