सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

फुल्चोकी जङ्गलमा हराइरहेका ३ जना युवायुवतीलाई बाँडेगाउँ प्रहरीद्वारा सकुशल उद्धार

प्रकाशित समय: सोमवार, ०५ : ३० बजे माघ ७ गते



फुल्चोकी जङ्गलमा हराइरहेका ३ जना युवायुवतीलाई बाँडेगाउँ प्रहरीद्वारा सकुशल उद्धार

ललितपुर, फुल्चोकी घुम्न गएका २ युवती र १ युवालाई महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्याम कुमार कटवालको टोलीले सकुशल उद्धार गरेको छ।

 

फुल्चोकी घुम्न गएका १४ युवायुवती करिब दुई बजे फुल्चोकी टावर पुगेका थिए। टावर पुगेर फर्कने क्रममा १४ युवायुवती मध्ये ३ जनाले बाटो बिराएर जङ्गलमा हराएका थिए। हराएका साथीहरुलाई खोजी गरिदिन भन्दै तल आइपुगेका युवायुवती प्रहरीलाई अनुरोध गरेका थिए।

 

उनीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक कटवालको नेतृत्वमा प्रहरी तत्कालै उद्धारमा खटिएको थियो। हराइरहेका ३ जनालाई प्रहरीले गए राती अन्दाजी १९:३० बजे जङ्गलको खोच बीचबाट सकुशल उद्धार गरेको थियो।

 

नुवाकोट घर भई नयाँ बजार काठमाडौं बस्ने बर्ष १७ की मुस्कान तामाङ, बर्ष १८ की मल्लिका तामाङ र जलेश्वर नगरपालिका घर भई क्षेत्रपाटी काठमाडौँ बस्ने बर्ष १९ का अखिलेस प्रसाद शाहलाई प्रहरीले सकुशल उद्धार गरेको हो।

 

उद्धार गरिएका युवायुवतीलाई अविभावक बोलाइ उनीहरुको जिम्मा लगाइएको प्रहरी निरीक्षक कटवालले जानकारी दिए।

 

प्रहरीले गत २८ गते १६ युवा युवतीहरुलाई पनि सकुशल उद्धार गरेको थियो।