सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

शान्ति अभियान नवलपरासी शाखाका अध्यक्ष न्यौपानेला ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’

प्रकाशित समय: सोमवार, १० : ०२ बजे माघ ७ गते



 शान्ति अभियान नवलपरासी शाखाका अध्यक्ष न्यौपानेला ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’

परासी,  शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ ।

 

युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बङ्गलादेशको युवा तथा खेलकूद मन्त्रालयले नेपालका २२ वर्षीय न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

 

बङ्गलादेशले यो पुरस्कार युवा तथा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई प्रदान गर्दै आएको छ । यसैगरी शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर र कार्यकरी सदस्य सिराज परियार पनि सोही पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

 

बङ्गलादेशकै सोसाइटी फर इनभाइरोमेन्ट एण्ड डेभलप्मेन्ट अबर्जर्भर नामक गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल निवासी गौरव गैरे र सविना सुनारलाई पनि ‘अन्र्तराष्ट्रिय शान्ति पुरस्कार’ बाट सम्मान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

 

पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले साउथ कोरिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, बङ्गलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति निर्माण प्रक्रियाबारे विश्वमा सन्देश फैलाउनुभएको छ ।

 

त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उहाँले विभिन्न कार्यक्रममा प्रस्तुति गर्ने अवसर पाउनुभएको थियो । शान्ति प्रक्रियामा युवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उहाँले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्वसमक्ष आफ्ना विचार राख्दै आउनुभएको छ ।

 

अनुप यसअघि इन्टरनेशनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एशिया क्षेत्रबाट उत्कृष्ट ५०० युवामा छनोट पनि हुनुभएको थियो । संयुक्त राष्ट्र सङ्घको सर्वाेच्च पद महासचिव हुने लक्ष्य आफूले लिएको उहाँ बताउनुहुन्छ ।