सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०१ : ५३ बजे भदौ ६ गते



काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीकाे सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

 

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।घाइते ८ जनाको उद्धार भएको छ । उद्धारका लागि गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन गरिएकाे छ ।

 

गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो । बसको आधा भाग त्रिशुली नदिमा डुबेको छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको छ ।

 

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको हाे ।