ललितपुर,नेपाल विद्यार्थी संघ ललितपुरले आज राँके जुलुस निकालेको छ। इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले गरेको शुल्क बृद्धि विरुद्ध नेविसंघले राँके जुलुस प्रदर्शन गरेको हो।
संस्थानले बढाएको शुल्कवृद्धि फिर्ता हुनुपर्ने माग राखी अनसन बस्दै आएको नेविसंघले क्याम्पस प्रशासनले वेवास्ता गरेका कारण राँके जुलुस निकाली विरोध प्रदर्शन गरिएको नेबिसंघ ललितपुरले बतायो।
संघका सभापति सरोज घोरासैनीले भने-"आज हामी मसाल बोकेर सडकमा छौ तर डिनको लाचारपनको कारण यो मसाल डिनको घर सम्म पुग्ने अवस्था नबनोस्" उनले जब सम्म इ.अ.स(IOE) ले मूल्य समायोजन गर्दैन तब सम्म यो आन्दोलन नरोकिने उद्घोष गरे।
ने.वि.संघ केन्द्रिय सदस्य विजय बिजय महतोले ने.वि.संघ. हिजोसम्म कलम बोकेर आन्दोलनरत थियो तर डिनले वेवास्ता गरेकाले आजबाट मसाल बोक्न बाध्य भएको बताए। उनले अब यो मसाल र विरोध प्रदर्शन मुल्यवृद्धि नघाटेसम्म जारी रहने बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ